२६ जेठ, कावासोती ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दुम्किबास जङ्गलमा मोटरसाइकल र ट्रक सोमबार साँझ ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै ज्यान गएको छ ।

motercycle truck accident

इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक परशुराम तिवारीका अनुसार पश्चिमबाट पूर्वतर्फ गुडिरहेको गरेको ना ५ ख२५४० नंको ट्रकले विपरीत दिशातर्फ गुडिरहेको ना ३५ प ११३ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मृतक दुवैको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।