२८ असार, एजेन्सी ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोराले रुससँग सन् २०१६ को निर्वाचनका समयमा गरेका इमेल श्रृंखलाहरु सार्वजनिक गरेका छन् । उनले ती इमेल मङ्गलबार सार्वजनिक गरेका हुन् ।

विशेष गरी ती मेलमा एकजना रुसी वकिलसँग उक्त निर्वाचनमा आफूहरुले हिलारी क्लिन्टनका विपक्षमा सूचना दिन चाहेको भनी लेखेका र राष्ट्रपति ट्रम्पका छोरा जुनियर ट्रम्पले स्वागत गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनका जेठा छोराले रुससँग विगतमा गरिएका इमेल श्रृंखला सार्वजनिक गरेर पारर्दर्शी काम गरेको बताएका छन् ।

इमेलमा गत वर्षको राष्ट्रपतीय चुनावमा रुसी प्रशासनले सहयोग गरेको कुरालाई स्वागत गरिएको छ । राष्ट्रपतिले आफ्ना छोरालाई ‘उच्चकोटीका व्यक्ति’ भनेर प्रशंसा समेत गरेका छन् ।

इमेलमा ट्रम्प जुनियरलाई उनको पिताकी प्रतिस्पर्धी हिलारी क्लिन्टनलाई असर गर्ने औपचारिक दस्तावेज दिइने प्रतिबद्धता व्यक्त गरिएको छ ।

इमेल प्रकरण बढ्दै जाँदा क्रेमलिन सम्बद्ध भनिएका रुसी कानुन व्यवसायीसँग भेटवार्ता गरिएको थियो । अमेरिकी संसदको गुप्तचरी समितिका सबभन्दा बरिष्ठ सदस्य एडम शीफले इमेल प्रकरणको खुलासा असाध्यै महत्वपूर्ण र गम्भीर दुखको कुरा भएको बताएका छन् ।