१५ फागुन, एजेन्सी ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेको एकमहिना पुगेको छ । यो अवधिमा उनको कार्यशैलीप्रति अधिकतम अमेरिकीहरु असन्तुष्ट देखिएका छन् । एक सर्भे रिपोर्टका अनुसार ५३ प्रतिशत अमेरिकीहरु ट्रम्पको एकमहिने कामबाट खुशी छैनन् ।

एनबीसी न्यूज र सर्वेमंकीले संयुक्त रुपमा गरेको सर्भे रिपोर्टका अनुसार ५३ प्रतिशत अमेरिकी नागरिकले ट्रम्पका आदेश र काम मन नपरेको प्रतिक्रिया दिएका छन् । त्यस्तै ४३ प्रतिशतले ट्रम्पले ठीक गरिरहेको भनेका छन् । बाँकी ४ प्रतिशतले भने यो विषयमा मत दिनै मानेनन् ।

सर्वेक्षणमा करिब ३० प्रतिशतले संघिय सरकारको कामकाजप्रति आक्रोश पोखेका छन् । यस्तै दुइ तिहाइ अमेरिकीहरुले देश आउँदो ४ वर्षभित्र ठुलो लडाइँमा फस्न सक्ने विषयमा चिन्तित रहेको बताएका छन् ।

यो पढ्नुस्।

ओबामाको भविष्यवाणी पुरा हुँदै, ‘ह्वाइट हाउस करसपोन्डेन्टस डिनर’मा ट्रम्प सहभागी नहुने