९ माघ,एजेन्सी।   नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ गरेलगतै  अमेरिकामा उनि विरोधी विशाल प्रदर्शन भएको छ। ट्रम्पको विरोधमा अमेरिकाका सबै राज्यहरुमा महिला मार्च भए। ट्रम्पले सपथग्रहण गरेको भोलीपल्ट भएको प्रदर्शनमा अमेरिकामका मात्रै २५ लाख मानिस सहभागी भए। सबै भन्दा ठुलो प्रदर्शन वाशिङगटन डिसीमा भयो जहाँ १० लाख मानिस सहभागी थिए।

अमेरिका सहित संसारभरि ट्रम्पको विरोधमा करिब ६ सय वटा भन्दा बढि प्रदर्शन भएका छन्।

महिला मार्चमा अमेरिकी कांग्रेसका सदस्य देखी चर्चित हलिउड सेलेब्रेटीहरु समेत सामेल  भए।

वाशिङगटनमा भएको विरोधसभामा बोल्दै चर्चित पप गायिका म्याडोनाले केहि अश्लिल शब्द समेत प्रयोग गरिन्। निकै आक्रोशितरुपमा बोल्दै उनले ह्वाइट हाउसनै  उडाउने बारेमा पनि सोच्ने गरेको बताइन्।

अमेरिकामा निर्वाचित राष्ट्रपतिले शपथ गरेलगतै भएको यो अहिलेसम्मकै विशाल प्रदर्शन  हो। यसै गरि बेलायतमा समेत ट्रम्पको विरोधमा महिलाहरुले प्रदर्शन गरेका छन् । बेलायतमा भएको प्रदर्शनमा १ लाख भन्दा बढि  मानिस सहभागी रहे।

 

अमेरिकामा पछिल्लो केही दशक यता यस्तो विशाल विरोध प्रदर्शन भएको थिएन्।ट्रम्प निर्वाचित भए यता अमेरिकी जनता समेत विभाजित देखिएका छन्।