५ कात्तिक, एजेन्सी ।

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्जजस्तो देखिने एक कुकुरले जित हासिल गरेको छ । dog

बेलायतमा हालै आयोजना भएको एक ‘डग शो’ मा ‘स्पड’ नामको एक वक्सर कुुकुरलाई ट्रम्पकोजस्तै पहिरन लगाइ दिइएको थियो । त्यो कुकुरका भुत्लालाई पनि डोनाल्ड ट्रम्पकै हेयर स्टाइलजस्तो बनाउन पुरापुर कोशिस गरिएको थियो ।

बेलायतको लैकाशायरको यो तीन वर्षीय कुकुरले पिनस्ट्रिप सुट र सिल्क निलो रंगको टाई लगाएको थियो । समाचार संस्था डेली मिररका अनुसार यो प्रतियोगिता एक अनलाइन रिटेल फर्म बनाना मून’ ले आयोजना गरेको हो । जसमा प्रतियोगितामा सहभागि कुकुरहरूलाई विभिन्न प्रकारको राम्राराम्रा पोसाकमा सजाएर लाइनमा उभ्याइएको थियो ।

आयोजक बनाना मूनका प्रवन्ध निर्देशक एलेक्स ग्रेसले भने, ‘ बेलायतको यो बेष्ट ड्रेस्ड डग प्रतियोगितामा ८२ प्रतिष्पर्धि सहभागि थिए । ती सबै एक से एक भए पनि स्पड नामको कुकुरले लगाएको अनौठो पोसाकका कारण उसलाई प्रथम पुरस्कार दिइएको हो ।’