१० फागुन, एजेन्सी ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा लेफ्टिनेन्ट जनरल हर्वर्ट म्याकमास्टरलाई नियुक्त गरेका छन् ।

“उहाँ निकै क्षमतावान व्यक्ति हुनुहुन्छ, उहाँको अनुभव पनि अथाह छ, सैन्य क्षेत्रमा उहाँ सम्मानित व्यक्तित्व हुनुहुन्छ, उहाँलाई हामीले जिम्मेबारी दिन पाँउदा हामीलाई गौरव महसुश भएको छ,” फ्लोरिडामा ट्रम्पले भने ।

राष्ट्रपति ट्रम्पले यसअघि नियुक्त गरेका माइकल फ्लिनको रुससँग गलत सम्बन्ध रहेको भन्ने विवादका कारण राजीनामा दिएकाले नयाँ सल्लाहकारका रुपमा म्याकमास्टरलाई नियुक्त गरेका हुन ।

चवन्न वर्षीय नयाँ सल्लाहकार म्याकमास्टरले इराकलगातका देशमा यसअघि विभिन्न अभियान सञ्चालन गर्ने काम गरिसकेका छन् ।

उनि एकदमै विचारवान, सिधा कुरा गर्ने व्यक्ति र सेनाका रणनीतिकारका रुपमा चिनिन्छन् । उनको रुससँग कुनै निकट सम्बन्ध नरहेको बताइएको छ ।