एजेन्सी । क्यूवाको हवानामा अमेरीकि कुटनीतिज्ञहरुमाथि निरन्तर रुपमा रहस्यमय आक्रमण हुने क्रम रोकिएको छैन ।

श्रृँखलाबद्ध ढंगले एक महिनादेखि अमेरिकी दुतावासमा भईरहेको आक्रमणलाई स्वास्थ्य आक्रमण भनिएको छ ।

अहिलेसम्म २१ जना भन्दा धेरै अमेरीकि कुटनीतिज्ञहरुले आक्रमणका कारण आफ्नै सुन्ने शक्ति गुमाउनुपरेको छ भने केही कुटनीतिज्ञमा मानसिक समस्या देखिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

आफ्ना कुटनीतिज्ञहरुको स्वास्थ्यमा जटील समस्या हुनेगरी भईरहेका श्रृँखलाबद्ध आक्रमणपछि अमेरीकि राष्ट्रपती डोनाल्ड ट्रम्पलाई छिटोभन्दा छिटो दूतावास बन्द गर्न दबाब बढेको समाचारमा जनाईएको छ ।

एक महिनाभन्दा अगाडीदेखी अमेरीकि दुतावासमा कुनै रेडियोधर्मी तरंगको माध्यमबाट आक्रमण भईरहेको र आक्रमणबाट आफूहरुको स्वास्थ्य बिग्रीरहेको अमेरिकी कुटनीतिज्ञहरुले बताएका छन । रहस्यमणी तरंगबाट ग्रसीत भएका कुटनीतिज्ञहरुले बहिरोपनसँगै मानसीक स्थिति पनि बिग्रिएको यसअघि नै गुनासो गरेका थिए ।

समाचार एजेन्सी एपीका अनुसार गतबर्ष क्यूबामा केही अमेरीकि राजदूतले आश्चर्य लाग्ने खालका आवाज सुनिने गरेको बताएका थिए । यो समस्यापछि फेरि अमेरीका र क्यूबावीचको सम्बन्ध बिग्रने आशंका बढेको छ ।

क्यूबाका राष्ट्रपती राउल क्यास्ट्रोले स्विकृति दिएपछि हवाना पुगेको अमेरीकि अनुसन्धान एजेन्सी एफबीआईले अनुसन्धानका क्रममा भेट्ठाएका तथ्यहरुबाट क्यूबा सरकार ठुलै दबाबमा परेको छ र राष्ट्रपति क्यास्ट्रोले आधिकारिक रुपमै उक्त आक्रमणसँग सरकारको कुनै लेनदेन नभएको स्पटोक्ति दिएका छन् ।