१५ चैत, एजेन्सी।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राती भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरि विधानसभा चुनावमा भारतीय जनता पार्टीको जितमा बधाइ दिएका छन्। साथै ट्रम्पले जर्मन चान्सलर एंगेला मर्केललाई पनि चुनावी जितमा बधाइ दिएका छन्।

ट्रम्पले यसअघि जनवरी २४ मा पनि मोदीलाई फोन गरेका थिए। अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामासंग पनि राम्रो सम्बन्ध बनाएका मोदीमाथी ट्रम्पले पनि चासो दिएका छन्। एक दोस्रोलाई आफ्नो देशमा भ्रमणको लागि निम्ता दिएपनि यी दुई नेताको अहिलेसम्म भेट भएको छैन।

अमेरिकाको राष्ट्रपति चुनावी अभियानको क्रममा भारतीय-अमेरिकी सहभागी एक कार्यक्रममा ट्रम्पले मोदीको प्रशंसा गरेका थिए। आफुले चुनाव जिते भारतलाई साथी बनाउने ट्रम्पले सो बखत नै बताएका थिए।

भारतको पाँच राज्यमा भएको विधानसभा चुनाव पश्चात ४ राज्यमा भारतीय जनता पार्टीले सरकार बनाएको छ भने पञ्जाबमा कांग्रेसले सरकार बनाएको छ।