२१ पुस, एजेन्सी।
अमेरिकाका भावी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वास्थ्य सेवा सम्बन्धी आफ्नो कानून उल्टाउने घोषणा गरेपछि अमेरिकी राष्ट्रपति बराक ओबामाले आपत्ति जनाएका छन् ।obama-trump-15285478

केही दिनमै ह्वाइट हाउस छोड्ने तयारीमा रहेका ओबामाले ट्रम्पको तयारीका बिरुद्ध लड्न डेमोक्रेटिक नेताहरुलाई आग्रह गरेका हुन् ।

नवनिर्वाचित उपराष्ट्रपति माइक पेन्सले ट्रम्प कार्यकालको सुरुमै कानून खारेजीको प्रक्रिया अघि बढ्ने बताएपछि क्यापिटल हिलमा दुई घण्टा भएको गोप्य बैठकमा ओबामाले आफ्नो दलका सदस्यहरुलाई कानूनको पक्षमा उभिन भनेका हुन् ।

यसैबीच सिनेटमा डेमोक्रयाटतर्फका नेता चक सुमरले जनस्वास्थ्यमा सबैको पहुँच पुग्ने वैकल्पिक कानून प्रस्ताव गरे मात्रै रिपब्लिकनसँग मिलेर काम गर्ने टिप्पणी गरेका छन् ।