१३ वैशाख, एजेन्सी ।

अस्ट्रेलियाका प्रधानमन्त्री मल्कुलम टर्नबुल आगामी हप्ता अमेरिका भ्रमणमा जाने भएका छन् ।

अमेरिकाको राजधानी न्युयोर्कमा उनले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पहिलोपटक भेट्ने कार्यक्रम रहेको छ ।

यो पढ्नुस : उत्तर कोरियाले अष्ट्रेलियालाई दियो परमाणु आक्रमणको चेतावनी

उनिहरुकाबीचमा टेलिफोन वार्ता भएको झन्डै तीन महिनापछि प्रत्यक्ष भेटवार्ता हुन लागेको अधिकारीहरुले बताएका छन् । भेटवार्ताका क्रममा आप्रवासीसम्बन्धी सम्झौतालगायत विषयमा दुई पक्षीय हितमा केन्द्रीत भएर छलफल हुने भएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्रीको तर्फबाट बुधबार बिहानै जारी गरिएको वक्तव्यमा उनले अमेरिका भ्रमण गर्ने पुष्टि गरिएको छ ।

भ्रमणका क्रममा अमेरिकामा हुने शङ्खलाबद्ध भेटवार्तालाई एसिया प्रशान्तमा अस्ट्रेलिया र अमेरिकाको सम्बन्धलाई पुनःस्थापित गर्ने राम्रो अवसरका रुपमा लिएको वक्तव्यमा उल्लेख छ ।

“अस्ट्रेलिया र संयुक्त राज्य अमेरिकाले लोकतन्त्र र कानुनको शासनको महत्व, शान्ति, समृद्धि र सुरक्षाका अनुभव र स्रोतसाधनहरुको आदानप्रदान र छलफल गर्ने छौँ” – वक्तव्यमा भनिएको छ ।

अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ताले पनि मङ्गलबार नै टर्नबुलको भ्रमणबारे सार्वजनिक गरेका छन् ।