१४ भदौ, काठमाडौं । यातायात व्यवस्था विभागले ट्राफिक कारवाहीका क्रममा नियन्त्रणमा लिईएका कागजपत्र भोलिदेखि वितरण गरिने जनाएको छ ।

11२०७२ चैत मसान्तसम्म ट्राफिकले नियन्त्रणमा लिएका तर लिन नगएका सवारी चालक अनुमति पत्र लाईसेन्स, सवारी दर्ता प्रमाणपत्र ब्लुबुक तथा रुट ईजाजत पत्र भोलिदेखि असोज १४ गतेसम्म वितरण गर्न लागिएको विभागले जनाएको छ । यो अवधिमा तोकिएको जरिवाना बुझाई आफ्नो प्रमाणपत्र नलगेमा नियम अनुसार रद्ध गर्नका लागि कारवाही प्रक्रिया अगाडी बढाईने छ ।

के प्रचण्डले मोदीसँग माफी मागेकै हुन् ?

विभागका अनुसार सवारी चालक अनुमति पत्र जारी भएको सम्बन्धित अन्चल कार्यालयबाट, बागमति अन्चलबाट जारी भएका अनुमति पत्र विभागको मिनभवनमा रहेको ट्राफिक युनिटबाट वितरण हुनेछ । यस्तै सवारी धनी दर्ता किताब ब्लूबुक र सवारी रुट ईजाजत पत्र सम्बन्धित यातायात व्यवस्था कार्यालयबाट वितरण हुने विभागले जनाएको छ । ट्राफिक प्रहरीको कारवाहीमा परेर पनि लामो समय कागजपत्र लिन नआउनेको संख्या धेरै भएपछि विभागले एकपल्ट जरिवाना तिरेर लिने मौका दिन लागेको हो ।