२२ असार, काठमाडौं ।

ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा काठमाडौंको तिनकुनेमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा सवार भक्तपुर ठिमीका राजेश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

श्रेष्ठको उपचारको क्रममा अन्नपुर्ण न्युरो अस्पताल माइतीघरमा मृत्यु भएको हो । मोटरसाइकाल चालक २१ वर्षिय ठिमीकै मनिष सिलसाल समान्य भाइते भएका प्रहरीले जनाएको छ ।

तिनकुनेस्थित बागमती पुलमा नम्बर नखुलेको ट्रिपरले बा ६९ प ७०२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।