१३ भदौ, एजेन्सी।

‘मो फराह’ले ५००० मिटरको दौडमा विश्व च्याम्पियनको उपाधि जितेका छन। सोमालियामा जम्मेर ब्रिटेनमा हुर्केका ३२ वर्षिय मो फराहले ५००० मिटर १३ मिनेट ५०.३८ सेकेन्डमा पुरा गरेका थिए। दोस्रो आउने केन्याका केलेव डिकु १.३७ सेकेन्ड पछाडी थिए।Mo Farah  (1)

यो उपाधि संगै मो फराहको ‘ट्रिपल डबल’ पुरा भएको छ। उनले ३ पटक ५००० र १०,००० मिटरको दौडमा उपाधि जितेर इतिहास कायम गरेका छन।Mo Farah  (3)

पहिलो पटक सन् २०१२ को ओलम्पिक्समा, ५००० र १०,००० मिटरमा गोल्ड मेडल
दोस्रो पटक सन् २०१३ को विश्व च्याम्पियनशिपमा, ५००० र १०,००० मिटरमा गोल्ड मेडल
तेस्रो पटक सन् २०१५ को विश्व च्याम्पियनशिपमा ५००० र १०,००० मिटरमा गोल्ड मेडलMo Farah  (2)

दौडदै गर्दा तिर्खा लागेकोले ट्र्याकको साइडमा राखेको पानीको बोत्तल लिन पुगेका ‘मो फराह’ पुन ट्र्याकमा फर्कदा पनि पहिलो स्थान अन्यले जित्न सकेनन्। हेर्नुहोस् भिडियो,