एजेन्सी । पर्दामा ‘परफेक्ट लुक’ दिने चर्चित कलाकारका यस्ता खराब भनौ वा घिन लाग्दो बानीका बारेमा थाहा पाउनु भयो भने अचम्ममा पर्नुहुन्छ । यस्तो लिस्टमा को–को पर्छन् जान्नुहोस् ।

मेगन फोक्स – अभिनेत्री मेगन फोक्सले ट्वाइलेटको सिट प्रयोग गरेपछि ‘फ्लस’ अर्थात् पानी हाल्ने गर्दिनन् । एफएचएम नामक पत्रिकालाई अन्तरवार्ता दिने क्रममा मेगनले भनिन्, ‘म एकदम फोहोर भएर बस्छु, जाताततै कपडा राख्छु, ट्वाइलेटमा फ्लस गर्न भुल्छु । मलाई धेरै मेरा साथीले भनिसकेका छन्, ‘मेगन तिमीले हाम्रो ट्वाइलेट पूर्ण रुपले फोहोर बनायौ ।’

सुस्मिता सेन – अभिनेत्री सुस्मिता सेनलाई खुल्ला छतमा नुहाउन मन पर्छ । उनले घरको छतमा बाथ–टप राखेकी छिन् । यसबाहेक उनलाई सर्प खुब मनपर्छ, एकपटक ‘पाइथान’ नामको सर्प पालेकी थिइन् ।

जितेन्द्र – अभिनेता जितेन्द्र ट्वाइलेटभित्र मेवा तथा अन्य फलफूल खान्छन् ।

केशा – सुनेर छक्क पर्नुहुन्छ, अमेरिकी गायिका केशा आफ्नो पिसाब आफैँ पिउथिन् ।

ब्रिट्नी स्पेयर्स – ब्रिट्नीलाई दाँत माझ्न मन पर्दैन, त्यसैले उनको मुखबाट नमिठो गन्ध आउँछ भनिन्छ । उनलाई नुहाउन पनि मन लाग्दैन ।

लियोनार्डो डिक्याप्रियो – टाइटनिक हिरो लियानार्डोलाई नुहाउन पटक्कै मन पर्दैन । उनी हप्तामा एक वा दुई पटक बल्ल–तल्ल नुहाउँछन् ।

शाहरुख खान – अभिनेता शाहरुख खानले यो मानेका थिए कि उनी दिनमा एक पटक मात्रै जुत्ता खोल्छन् । कहिले काँही त जुत्ता लगाएरै निदाउँछन् । साथै उनले यो पनि भनेका छन कि उनी ट्वाइलेटभित्रै पढ्ने र आफ्ना दैनिक योजना समेत बनाउने गर्छन