२५ भदौ, गुल्मी ।

गुल्मीमा निर्वाचित जनप्रतिनिधि ठूलो परिणामको विष्फोटक पदार्थ सहित पक्राउ परेका छन् । गुल्मी प्रहरीले विस्फोटक पदार्थसहित रेसुंगा नगरपालिका वडानंबर ८ का निर्वाचित वडा सदस्य ताराबहादुर श्रीसलाई पक्रेको हो ।

लु ३२ प ६६०३ नम्बरको मोटरसाईकलमा सदरमुकाम तम्घास लैजाँदै गर्दा प्रहरीले ३३ थान एक्सपोलोसिभ डेटोनेटर, चार थान सुतली बम, एक किलो बारुद र केही थान सेफ्टिफ्यूज लगायत सामाग्रीसहित श्रीसलाई पक्रेको प्रहरीले जनाएको छ । गएराती पक्राउ परेका श्रीसका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।