विशेष गरी किशोरावस्थालाई जनाउने पोटिलो अनि रसिलो डण्डीफोरले धेरैजसोलाई सताइरहेको हुन्छ। यो गर्मी मौसमको बेलामा झन् धुँवा, धूलो र प्रदूषणको कारण अनुहारमा डण्डीफोर आउनु सामान्य कुरा नै हुन्छ।

तर यदि तपाईँ आफ्नो मुहारको सुन्दरताप्रति एकदमै संवेदनशील हुनुहुन्छ र अन्य घरेलु उपायहरूबाट पनि निराश हुनुभएको छ भने तपाईँको शरीरमा विशेष प्रकारको भिटामीन तथा अन्य पौष्टिक तत्वहरूको कमी भएको हुन सक्छ।Eat these 4 foods to beat Acne

तसर्थ, निम्न ४ खानेकुरालाई आफ्नो दैनिक भोजनमा मिसाएर विचार गर्नुहोस्, किनभने बेफाइदा त यसले गर्दैन र फाइदा भनेको एउटा मात्रै भएपनि धेरै महत्वपूर्ण हुन्छ।

१. मुला, तोरीको हरीयो साग– डण्डीफोर आउनु भनेको वास्तवमा नराम्रो कुरा होइन, यो त शरीरभित्रमा विषाक्त पदार्थहरू बाहिर निस्कने अर्को माध्यम मात्रै हो। तरपनि, बाहिरबाट प्रवेश गरेका ब्याक्टेरियाहरूले डण्डीफोरलाई बेलैमा सञ्चो हुन दिँदन। हरीयो सागपात (विशेष गरी मुला र तोरीको साग) मा प्रशस्तै क्लोरोफील पाइन्छ, जसले पेटभित्रका ब्याक्टेरियालाई नष्ट गरी छालाको भित्री तहमा भएका ब्याक्टेरिया र विषाक्तलाई दिशाको मार्फत बाहिर निकाल्न मद्दत गर्दछ। साथै यसले रगतलाई पनि सफा गर्दछ। त्यसैले दैनिक खानामा यस्ता सागपातलाई नियमित मिसाएर खानुहोस्, केहि फरक अवश्य पाउनुहुनेछ।radish leaves large.653x0_q80_crop-smart

२. बेसार– तरकारीमा राखेर त दिनदिनै खानुहुन्छ बेसार, तर जब तरकारीसँगै बेसार भुटिन्छ, तब यसको वास्तविक गुण परिवर्तन हुन्छ। हुन त भुट्टिएको बेसार पनि हानिकारक त हुँदैन, तर यसले डण्डीफोरको ब्याक्टेरियालाई हटाउन सक्दैन। त्यसैले बेसारबाट डण्डीफोरलाई हटाउन चाहनुहुन्छ भने, विहान उठेर १ गिलास दहीमा १ चिम्टी बेसार घोलेर खाने गर्नुहोस्। दही मन पर्दैन भने १ गिलास पानीमा १ चिम्टी बेसार राखेर १० मिनेट उमाल्नुहोस् र मनतातो बनाएर पिउनुहोस्। यसमा हुने विशेष प्रकारको जलनविरोधक तत्वले पेट तथा रगतबाट ब्याक्टेरिया र अन्य विषाक्त पदार्थहरूलाई हटाई ग्यास्ट्रिक, एसिडिटीलाई राहत प्रदान गर्दछ भने साथसाथै डण्डीफोरलाई असर गरिरहेको ब्याक्टेरियालाई समेत नष्ट गर्दछ।Do you know the health benefits of Turmeric Powder

३. गाँजर– भिटामीन-ए लाई डण्डीफोर विरोधक भिटामीन भनिन्छ र गाँजरमा प्रशस्त भिटामीन-ए पाइन्छ। खाना खाइसकेपछि अथवा खाजाको रूपमा दैनिक १/२ वटा गाँजर मज्जाले चपाएर खाने गर्नुहोस्। यसले पाचनप्रणालीमा सुधार ल्याउनुका साथै डण्डीफोरको समस्याबाट पनि राहत प्रदान गर्दछ।Carrot Benefits in Table

४. माछा– माछा मनपर्छ? मनपर्छ भने आज माछा बनाएर खानुहोस्, डण्डीफोरको लागि! विशेष गरी ‘सामन माछा’लाई स्वस्थ छाला, स्वस्थ मुटु र स्वस्थ मनस्थिती गराउने खानेकुराको रूपमा चिनिन्छ। यसलगायत यसमा पाइने ओमेगा-३ फ्याटी एसिड (एक प्रकारको प्रोटिन) ले छालालाई रक्षा गर्ने ‘कोलाजेन’ हरमोनको उत्पादनमा वृद्धि गराई डण्डीफोरसँग लड्न सक्ने सेता रक्तकोषको क्षमतामा सुधार ल्याउँदछ।Farmed-Salmon-Fillet

डण्डीफोरलाई सामान्य समस्या मान्नुपनि खतरनाक सावित हुन सक्छ। प्रायजसो डण्डीफोर केहि समयमा हट्ने खालका हुन्छन्, तर लामोसमयसम्म पनि डण्डीफोरले सताइराख्यो र जतिसुकै घरेलु उपचारबाट पनि हट्न सकेन भने त्यसले अर्कै समस्याको सङ्केत गरिरहेको हुन सक्छ। त्यसैले एकपटक चिकित्सकीय पद्दती पछ्याउनु पनि राम्रो उपाय हुन सक्छ।

यो पनि हेर्नुहोस्-
डण्डीफोर नियन्त्रणमा राख्ने ५ टिप्स
मेवाले हटाउँछ चाउरीपना, काँक्रोले दिन्छ चमकता- अन्य ७ घरेलु टिप्स
डण्डिफोर निचार्नु उचित कि अनुचित? विज्ञानले के भन्छ?