तौल घटाउन चिल्लो कम खानु मात्र काफि छैन। वास्तविकता त यो हो कि शरिरमा चाहिने शक्तिको लागि पर्याप्त चिल्लो खादाँ टिस्यु स्वस्थ हुनुका साथै शरिरमा भिटामिन फैलन सहयोग पुग्छ।dieting weight 221580411

अबेर राती खाना खाँदा तौल बढ्छ
सामान्यतया बेलुका ७-८ बजेपछि अधिक खाना खाएर सुत्ने बानीले तौल बढाउछ। सुत्ने समयमा पचाउन सजिलो हुने खाना खानु जरुरी हुन्छ।

फलफुल र रोटी
फलफुल, तरकारी स्वस्थकर खानेकुरा हुन। रोटी, पास्ता तथा चामलको भातलाई पनि स्वस्थकर मानिन्छ।

मेटाबोलिजम ढिलो हुनु नै समस्या
तौल बढाउन निकै बेर भोकै बसेर एकैपटक धेरै खानु ठिक भन्ने मानसिकता पाइन्छ। निकै बेर भोकै बस्दा शरिरमा उर्जा संकट पर्छ। शरिरले स्टोर गरेको उर्जा प्रयोग गर्छ। अनि खानाखादाँ अधिकांस क्यालोरी सकिएको उर्जा खपत गर्दा नै सकिने गर्छ। खाना खाने समय नियमित हुनु जरुरी छ, चाहे तौल बढाउन होस् वा घटाउन।

खान छोड्नु गलत
तौल घटाउने सुरमा खानै छोड्नु सबैभन्दा खतरनाक हुन्छ। केही समय तौल घट्छ पनि तर यसो गर्दा शरिरबाट बोसो मात्र होइन, मसल्स र टिस्यु पनि घट्न पुग्छ। फलत: शरिरमा शक्तिको कमी भई आलस्य लाग्ने, काम गर्न जाँगर नलाग्ने हुन्छ। नयाँ समस्या निम्तिन्छ, कमजोरी।

यो पनि पढ्नुस्।

कसरत र डाइटिङ गर्दा पनि तौल घटेन? यस्तो छ कारण अनि ८ उपाय

बिना डाइटिङ तौल घटाउनुस्, आयुर्वेदका यी १३ घरेलु उपाय