कुशल श्रेष्ठ

याद गर्नुभएकै होला कि तपाईँलाई कुनै किसिमको सङ्क्रमण भएर हस्पिटल जानुभयो भने डाक्टरले एन्टिबायोटिक्सको थूप्रो लगाइदिन्छन् र सबै खान भन्छन्। तर अधिकांशले एन्टिबायोटिक्स खाएर अलिअलि सञ्चो हुन थालेपछि औषधीको पुरा डोज खान छोडिदिने गर्छन्। के त्यसो गर्नु सही हो?

डाक्टरले तोकेको एन्टिबायोटिक्सको पुरै डोज प्रयोग गर्नैपर्ने २ वटा कारणहरू हुन्छन्। सर्वप्रथम त, एन्टिबायोटिक्सको पुरै डोजले तपाईँको सङ्क्रमणलाई सफलताका साथ निको गराउँदछ। अर्को भनेको, यसले तपाईँको शरीरमा भएका ब्याक्टेरियालाई एन्टिबायोटिक्ससँग प्रतिरोध गर्न दिँदैन।

पुरै डोज प्रयोग गरिएन भने सो ब्याक्टेरियाले एन्टिबायोटिक्ससँगको युद्ध जित्दछ र फेरि फेरि पनि त्यस्तै सङ्क्रमण ल्याउन सक्दछ। त्यो सङ्क्रमण फेरि उल्झिएर आयो भने उक्त एन्टिबायोटिक्सले काम गर्दैन र उपचार गर्न गाह्रो पर्दछ।Antibiotics

एन्टिबायोटिक्स खान छाडेपछि उपचार गर्नै गाह्रो हुने गरी समस्या देखा पर्दछ, किनभने ती ब्याक्टेरियाहरूले एन्टिबायोटिक्ससँग कसरी लड्ने सिकिसकेको हुन्छ। त्यसपछि तिनीहरूको त्यो प्रतिरोधात्मक शक्ति अरू ब्याक्टेरियाहरूमा पनि सर्दछ।

कुनै पनि सङ्क्रमणविरुद्धको एन्टिबायोटिक्स खानुपर्ने समयावधी अझसम्म पनि राम्रोसँग पत्ता लाग्न सकेको छैन र यसको बारेमा खोजहरू पनि भैरहेका छन्। तर, यदि तपाईँ धेरै एन्टिबायोटिक्सको प्रयोग गर्न चाहनुहुन्न भने एकचोटि चिकित्सकसँग सल्लाह गर्नुपर्दछ।आफुखुसी औषधी छोड्नु हुँदैन।

एन्टिबायोटिक्स खान थालेपछि, पुरै डोज नसिद्धिएसम्म खाइराख्नुपर्छ। यदि आफूलाई ठीक भएजस्तो लाग्न थाल्यो अथवा औषधी प्रयोग गर्न पर्दैन जस्तो लाग्यो भने चिकित्सकसँग बुझेर मात्रै खान छोड्नुपर्दछ।

यो पनि हेर्नुहोस्-
के फलफूल र सागसब्जी धुनु जरुरी छ?
केराको बोक्रा पनि भित्री भागजस्तै पोषिलो
के पानी पनि बासी हुन्छ?
चिया पिएर निन्द्रा भाग्दैन, बरु आउँछ