कुशल श्रेष्ठ

अधिकांश महिलाहरू जब कुनै समस्याको कारण हस्पिटल जान्छन्, तब डाक्टरहरूले सबै जाँचेपछि उनीहरूलाई अन्य थुप्रै कुराहरूका साथै ‘रगत कमी भएको छ, यो औषधी खानुहोस्’ पनि अवश्य भन्छन्। तर के तपाईँलाई थाहा छ, तपाईँको शरीरमा के-कारणले रगतको कमी हुन्छ?

जब हामीले खाने खानामा पर्याप्त मात्रामा फलाम हुँदैन, तब हाम्रो शरीरमा रगतको कमी हुन थाल्दछ। हाम्रो जीवनमा धेरै थरीका फलामहरू देख्न सकिन्छ, तर हाम्रो शरीरलाई ‘फलाम धातु’को होइन ‘फलाम पौष्टिक तत्व’को विशेष आवश्यकता पर्दछ। विशेष गरी महिलाहरूमा फलामको कमीले गर्दा रगत कमी हुने समस्या बढि हुने गरेको पाइन्छ। किनभने उनीहरूको मासिकचक्रबाट नियमित रूपमा रगत बग्ने गर्दछ र तुलनात्मक रूपमा भन्नुपर्दा महिलाहरूको रक्तकोष नष्ट हुने प्रक्रिया पुरुषहरूको भन्दा छिटो हुने गर्दछ।Eat Iron for Anemia

फलाम दुई प्रकारका हुन्छन्–

माछा, कुखुरा तथा अन्य जनावरको मासुमा सबैभन्दा उत्कृष्ट किसिमका फलाम पाइन्छ, जसलाई ‘मांशाहारी फलाम’ भनिन्छ। त्यसै गरी हरीयो सागपात, गेडागुडी, अण्डा तथा फलफूल जस्ता वनस्पतिजन्य खानेकुरामा ‘शाकाहारी फलाम’ पाइन्छ। हाम्रो शरीरको लागि शाकाहारी फलाम भन्दा मांशाहारी फलाम नै बढि फाइदाजनक हुने विज्ञहरू बताउँछन्। तर ‘नहुनु मामाभन्दा कानो मामा वेश!’ भनेजस्तै वनस्पतिमा पाइने फलामले पनि कम फाइदा चाहिँ पक्कै गर्दैन।

थुप्रै काम गर्छ फलामले–

रक्तकोष उत्पादनको लागि मात्रै होइन, अन्य थुप्रै कामको लागि पनि हाम्रो शरीरलाई फलामको आवश्यकता पर्दछ।

  • रातो रक्तकोषले हाम्रो शरीरका सबै अङ्ग तथा प्रणालीहरूमा पर्याप्त मात्रामा अक्सिजन पुर्याउने काम गर्दछ र रातो रक्तकोष उत्पादनको लागि सबैभन्दा महत्वपूर्ण तत्व भनेकै ‘फलाम’ हो।
  • हाम्रो शरीरमा कुनै पनि किसिमका सङ्क्रमण तथा अन्य रोगव्याधबाट बचाउने पहिलो सुरक्षाको धार भनेकै हाम्रो प्रतिरक्षा प्रणाली हो, जसको लागि ‘सेतो रक्तकोष’ले महत्वपूर्ण भूमीका खेलेको हुन्छ। र सेतो रक्तकोषले प्रतिरक्षा शक्ति पाउने मूख्य स्रोत भनेकै फलाम हो।
  • महिनावारी भएको बेलामा र गर्भवती भएको अवस्थामा महिलाहरूलाई प्रशस्त फलामको आवश्यकता पर्दछ। किनभने यस्तो अवस्थामा उनीहरूको पाठेघरबाट अधिकांश मात्रामा रगत बग्ने गर्दछ, जसको कारण उनीहरूको शरीरमा रगतको कमी हुन गई थकान, कमजोरीजस्ता समस्या उत्पन्न हुन सक्छन्। साथै प्रशस्त फलाम नपाएका गर्भवती महिलाहरूबाट जन्मिएका बच्चाहरूमा पनि विभिन्न किसिमका समस्याहरू उत्पन्न हुन सक्ने सम्भावना बढ्दछ।
  • महिला होस् या पुरुष, उसको मस्तिष्कले पूर्ण रूपमा काम गर्नको लागि पर्याप्त मात्रामा रगत र अक्सिजनको आवश्यकता पर्दछ। यदि शरीरले पर्याप्त मात्रामा फलाम पाउन सकेन भने हाम्रो मस्तिष्क बिस्तारै सुस्त हुन गई आलश्यता, अनिन्द्रा, थकान तथा स्मरणशक्तिमा ह्रास हुन जान्छ।

smart-women-glasses

फलामको कमी भएमा–

जब हाम्रो शरीरले पर्याप्त मात्रामा फलाम पाउन सक्दैन, तब हामीलाई:

  • जतिबेला पनि थकाई लागिरहन्छ।
  • नियमित रूपमा टाउको दुख्ने समस्या बढ्दछ।
  • छालाको रङ्ग फिक्का हुँदै जाने हुन्छ।
  • हलुका शारीरिक गतिविधि गर्दा पनि एकदमै थकाई लाग्ने हुन्छ।
  • स्वासप्रश्वास गर्न गाह्रो पर्दछ।
  • घाउचोटहरू चाँडै निको हुन मान्दैनन्।
  • नङमा सेतो कोठी देखा पर्ने हुन्छ र नङ सामान्य भन्दा ढिलो बढ्ने हुन्छ।
  • सामान्यभन्दा बढि नै कपाल झर्ने हुन्छ।

tired-gym-workout-overtraining

फलाम पाइने खानेकुराहरूको स्रोत–

माथि नै उल्लेख गरिएको छ कि फलाम दुई प्रकारका हुन्छन्- मांशाहारी र शाकाहारी। यसबाटै हामीले फलामका स्रोतहरू सजिलै छुट्याउन सक्छौँ। यदि तपाईँलाई डाक्टरले रगत कमी भएको छ भनेको छ भने निम्न खानेकुराहरूमा जोड दिनुहोस्–

शाकाहारी
  • कालो भट्ट
  • फर्सी र फर्सीको बियाँ
  • ब्रोकाउली
  • गाँजर
  • अण्डाको रानी
  • हरीयो केराउ
  • भिजाएको चना
  • हरीयो सागपात
  • जीरा
  • बेसार

eggs-on-toast

मांशाहारी
  • माछा
  • कुखुराको फलमासु
  • खसीको मुटु
  • बङ्गुरको मासु
यो पनि हेर्नुहोस्-

आफ्नो रक्तसमूह अनुसार खानेबानीले स्वस्थ हुन्छ शरीर, यसरी छान्नुहोस् उपयुक्त खाना

विहान नुहाउनु ठीक कि बेलुका? यस्ता सुझाव दिन्छन् डाक्टर
डाक्टरले भनेअनुसारको सबै एन्टिबायोटिक्स खानु किन जरुरी हुन्छ?

धेरै खाँदा तौल बढ्ने चिन्ता लाग्छ? त्यसो भए ढुक्कले खानुस् यी १० खानेकुरा

प्याँजले धेरै निन्द्रा लगाउँछ भन्छन् नि! के हो कारण अनि निन्द्रा लगाउने अन्य खानेकुरा के-के छन्?

दिसा लगाउने स्वस्थ खानेकुराहरू