१३ चैत, एजेन्सी । कमेडियन कपिल शर्मासँगको झगडापछि अर्का कमेडियन सुनिल ग्रोभर आफ्नो नयाँ शो’को तयारीमा जुटेका छन् । कपिलसँगै ‘द कपिल शर्मा शो’मा काम गर्दै आएका सुनिलले दिल्लीबाट आफ्नो नयाँ शो गर्ने बताइएको छ ।

सुनिल ग्रोभर चाँडै दिल्लीको तालकटोरा स्टेडियममा आफ्नो लाइभ’ शो गर्नेछन्, जसको नाम ‘डा. मशहुर गुलाटिज कमेडी क्लिनिक’ राखिएको छ । यस शोमा सुनिल आफ्नो लोकप्रिय भूमिका ‘डा. मशहुर गुलाटी’को रुपमा नै देखिने छन् । तर, यस शोमा सुनिल एक्लै छैनन् ।

सुनिलको साथमा ‘द कपिल शर्मा शो’का अर्का चर्चित कलाकार किकू शारदा अर्थात् ‘बम्पर’ पनि देखिने छन् । सुनिल र किकुले १ अप्रिलबाट आफ्नो शो ‘डा. मशहुर गुलाटिज कमेडी क्लिनिक’ दिल्लीबाट सुरुवात गर्नेछन् ।

सुनिलको यस शोमा किकुबाहेक अन्य कुन–कुन कलाकार हुनेछन्, त्यसको जानकारी आइसकेको छैन