११ बैशाख, काठमाडौं । सर्वाेच्च अदालतको आदेशपछि नेपाल प्रहरीका डिआइजी नवराज सिलवालाई बयान लिएर छाडिएको छ ।

कार्यसम्पादन मूल्याङ्कन किर्ते गरेको आरोपमा उनलाई विहान प्रहरीले नियन्त्रणमा लिएको थियो । सरकारले गठन गरेको डिआइजी बिजयकुमार भट्टको छानवीन समितिले सिलवालसँग दिनभरी बयान लिएको हो ।

प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले बयान सकेपछि घरमै लगेर छाडिएको बताए । विहान बरिष्ठ अधिवक्ता शम्भु थापाको बालुवाटार स्थित निवासबाट उनलाई प्रहरीले पक्राउ गरेर हेडक्वाटर लगेको थियो ।

उनलाई बिनाकारण पक्राउ गरिएको भन्दै सर्वाेच्च अदालतमा रिट परेपछि आदलतले तत्काल छाड्न आदेश दिएको थियो ।