२४ भदौ, रसुवा । पढाइ र सिकाइको तौरतरिका सरलीकृत गरी गुणस्तरीय शिक्षा प्रदान गर्न डिजिटल प्रविधिबाट पढाइ शुरु गरिएको छ ।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कर्साङनुर्पु तामाङका अनुसार स्याफ्रुबेँसी माविबाट डिजिटल प्रविधिबाट पढाइ शुरु गरिएको हो । सदरमुकाममा अवस्थित धुञ्चे माविमा पनि सोही प्रविधिबाट पढाइ शुरु गर्न आग्रह गरिएको छ ।

विद्यालयको पढाइ डिजिटल प्रविधिमा लान स्थानीय तहबाट बजेट विनियोजनसमेत गरिसकिएको बताउँदै तामाङले आफ्नो पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्य क्षेत्र सुधारमा रहने बताए । रासस