९ बैशाख, काठमाडौं ।
धनगढी प्रिमियर लिगको फाइनलमा कप्तान पारस खड्काको टिम चौराह धनगढीले विराटनगर किंग्सलाई १६० रनको लक्ष्य दिएको छ ।

कप्तान पारस खड्काले टस जितेपछि पहिले ब्याटिंग गर्ने निर्णय गरेका थिए । धनगढीले २० ओभरमा ५ विकेटको क्षतिमा १५० रन जोड्न सक्यो ।

टिम चौराहका लागि आरिफ शेखले अर्धशतक हाने । पारसले २९ रन बनाए । शरद भेषवाकरको टिमले जवाफी ब्याटिंग थालेको छ ।

 यो पढ्नुस्: आइपिएल क्रिकेटमा दुर्लभ र अनौठो कीर्तिमान, जसले बनाए दौडदैं नदौडी ४२ रन