१२ साउन, काठमाडौं।

‘आफ्ना मान्छे भनेर के गर्नु? गृहमन्त्री शक्ति बस्नेत, उर्जामन्त्री टोपबहादुर रायमाझीलाई केपी ओलेीले चलाउने। शिक्षामन्त्री गरिराजमन्त्री पोखरेलले अध्यक्षलाई नटेर्ने, आपुर्तिमन्त्री  गणेशमान पुन पैसामा बिक्ने। यस्तालाई राखेर के एमालेसंग सरकारमा बसिरहनु!’ ओली सरकारको बिदाईपछि बन्ने नयाँ गठबन्धनमा सामेल हुन कस्सिएका माओदावी नेता जनार्दन शर्मा प्रभाकरले यसो भने। जनयुद्धताका आधारक्षेत्रोको प्रमुख रहेका र हाल छुट्टै माओवादी समूहमा आवद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ संगको भेटमा सरकार परिवर्तनको चुरो कुरो यसरी खोलेका हुन्। यी दुईबीच, बारम्बार भेटघाट भइरहन्छ।

राजनीतिक कारण भनौं, संगै छैनन्। व्यक्तिगत मित्रता भनौँ त्यति घनिष्ठता पनि होइन। एउटा रुकुमका त अर्का रोल्पाली। कतै ‘म तपाईँको सहयोगी नै हुँ नि’ भन्दै उनले गरिरहने भेट लेखा समितिको सभापति छाडेर मन्त्रीमा सहज कार्यकालको निम्ति अवरोध नहुने कुराको याचना त होइन? तीन सदस्यीय स्थायी समिति हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई प्रवेश गराएर ५ मा पुर्याउने तयारीमा जुटेका विप्लव ओली सरकार ढाल्ने खेलका पछाडि चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण तुहाउने सुनियोजित खेले हो भन्ठान्छन्।

आफ्ना पोलिटब्यूरो सदस्यहरुसमक्ष आइतबार साँझ केपी ओलीको संबोधन लगतै उनले भनेका थिए – प्रचण्डलाई डिप्रेसनले सताएजस्तो छ। बोलीमा संगती छैन। १५ दिनअगाडि पनौती गएर यो सरकारको विकल्प छैन भन्नेले सदनमा फर्किएर गरेको सम्बोधनमा आनका तान फरक छ। सुशील कोइराला, खुमबहादुर खड्का र सशांक कोइराला जस्ता घोषित हिन्दूवादीहरु गणतन्त्रवादी अनि केपी ओलीचाहिँ गणतन्त्र विरोधी? विप्लवका अनुसार अब यहि गतिमा संसदीय व्यवस्था अघि बढ्नै सक्दैन। दलहरुलाई छानिछानी बद्नाम गर्दै पश्चगमनतर्फ लगिदैछ।

भित्रबाटै चुनौती

अबको १२ दिनपछि प्रधानमन्त्री बन्ने निश्चितजस्तै भएका प्रचण्डलाई  बाहिर मात्रै होइन, पार्टीभित्रैबाट समेत ठूलै चुनौती देखिएको छ। रामबहादुर थापा बादल, देव गरुङ, मातृका यादवदेखि मणि थापासंग केही समयअघि एकता गरेका उनले आगामी दुई वर्षसम्म सत्तामा नजाने र सक्रियतापूर्वक पार्टी बनाउनेतिर लाग्ने घोषणा गरेका थिए। माओवादीलाई पहिलो पार्टी बनाएर मात्रै सत्तातिर जाने भन्दै आफू अब गाउँ-गाउँसम्म पुग्ने उनको दाबी थियो। आफैँले घोषणा गरेको दुई महिनापछि वामपन्थी गठबन्धन भत्काएर प्रमुख दुस्मन घोषित शक्तिको बुई चढी प्रचण्ड प्रधानमन्त्री बन्दै छन्। आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।