५ चैत, चितवन।

चितवनमा गएराति मोटरसाईकल दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकाल पछाडी सवार खैरहनी नगरपालीका १३ का ३४ वर्षीय कुमार अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बा ९१ प ३४८ नम्बरको मोटरसाईकल केन्द्रिय बस टर्मिनल चोकको सडक डिभाईडरमा राति १ बजे ठोक्किएको हो । दुर्घटनामा घाइते अधिकारीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल चालक धादिङका ३८ वर्षीय सोमनाथ सेढाई गम्भिर घाईते भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।