१७ मंसिर, एजेन्सी ।

दक्षिण कोरियाको पश्चिमी तटमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । माछा मार्न प्रयोग हुने डुंगा र तेल बोकेको ट्याङकर ठोक्किँदा योङहुङ टापुमा सो दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते सातजनालाई अस्पताल भर्ना गरिएको छ । डुंगा दुर्घटना हुदाँ समुद्रमा हराईरहेकाका दुई जनाको खोजी भैरहेको छ । डुंगामा २० जना यात्रु सहित २ जना चालक दलका सदस्य सवार रहेको बताइएको छ ।

दुर्घटनामा डुंगाका यात्रुहरुको मृत्यु भएपनि ट्यांकरका सबै यात्रु भने सकुशल रहेका छन । करिव दश टन तौल रहेको डुंगा करिव ३ सय ३६ टन वजन भएको ट्यांकर ठोक्किएर दुर्घटनामा परेको हो ।