२९ साउन, बारा ।

बारामा एक हजार भन्दा बढी घर परिवार बिस्थापित भएका छन् । बाराका अधिकांश क्षेत्र डुबानमा परेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यस्तै हिजोदेखि पचरौता गाउँपालिका–९ को बलढुसवास्थित रामजानकी मन्दीरको बृद्धाश्रमको घर भत्किँदा बेपत्ता भएका ७० का ब्रह्मदेब महतो अझै फेला परेका छैनन् ।

यस्तै बाराको कलैया नगरपालिका, रामपुर, पर्सा, बसतपुर, मटिअर्वा, बथौडा, परसौनी, बरियापुर, आदर्शकटवाल गाउँपालिका, जितपुर सिमरा उपमहानगरपालिका, निजगढ नगरपालिकाको पुर्व पश्चिमराजमार्ग, माई गढिमाई नगरपालिका–९ को नैकाटोल, गंजभवानी, सिम्रनगढ नगरपालिका–८ कचरवा, गढि गाउँपालिका, परवानीपुर गाउँपालिका–२ को हरपुर, कोल्वी नगरपालिका र जिल्ला प्रहरी कार्यालय समेत डुबानमा परेको छ ।