१२ फागुन, विराटनगर।
डोजरले किचेर विद्यार्थीको मृत्यु भएपछि विराटनगरको महेन्द्र मोरङ क्याम्पस अगाडी प्रहरी र विद्यार्थी बीच झडप भएको छ ।

क्याम्पस अगाडीको सडक विस्तार गर्ने क्रममा डोजरले किचेर क्याम्पसमा अध्ययनरत रुपेश यादवको मृत्यु भएपछि प्रहरी र विद्यार्थी झडप भएको हो ।

मृत्यु हुने विद्यार्थी क्याम्पसको बिबिएस दोस्रो वर्षमा अध्ययनरत थिए । विद्यार्थीको मृत्यु भएपछि आक्रोशित विद्यार्थीले डोजर तोडफोड र आगजनीको प्रयास गरेपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुका साथै केही राउण्ड हवाइ फायर समेत गरेको छ । झडपमा केही प्रहरी र विद्यार्थी घाइते भएका छन् ।

यो पढ्नुस्।

‘डोजर आतंक बन्द गर’ भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन