२० वैशाख, बुटवल । गत १४ गते राती बुटवलको पुरानो बसपार्कमा डोजर लगाएर घर भत्काएको घटनाका विरोधमा आज रुपन्देही बन्दको आह्वान गरिएको छ। पीडितहरुले प्रशाशनले बेवास्ता गरेको भन्दै बन्द आह्वान गरेका हुन ।

बन्दको प्रभाव रुपन्देहीमा बिहानै देखि परेको छ । बिहानै देखि बुटवल र भैरहवाबाट छुटने लामो तथा छोटो दुरीका सवारी साधान चल्न सकेका छैनन भने उद्योगधन्दा ,कलकारखाना ,शिक्षण संस्था ,व्यापार व्यवसाय पुर्ण रुपमा बन्द रहेका छन ।

बन्दका बेला प्रेस,एम्बुलेन्स,दुधको गाडीलाई चल्न दिने बन्दकर्ताले बताएका छन् । कक्षा १२ का परिक्षार्थीलाई भने छुट दिने बताइएको छ ।

स्थानीय पिडित सहित आन्दोलनलाई विभिन्न संगठनहरुले समर्थन गरेका छन् । नेपाल भूमिहिन सुकुम्बासी संगठन,नेपाल बसोबास बस्ती संरक्षण समाज,अखिल नेपाल क्रान्तिकारी सुकुम्बासी संघले आन्दोलनको नेतृ्त्व गरिरहेका छन् । बन्द साझ ५ बजे पछि खुल्ने बताइएको छ।