५ मंसिर,डोटी । नेपाली काँग्रेस डोटीले आफ्ना चुनावि अभियान तीन भागमा वाडेर संचालन गरेका छन । प्रदेश सभाका उमेदवार योगेन्द्र ब शाही र भरत ब खड्का आ आफ्ना क्षेत्रमा र प्रदेश सभाका उमेदवार वीर ब बलायर समग्र रुपमा जिलाका विभिन्न ठाउमा भेटघाट तथा आम सभा गर्दै चुनावि कार्यक्रम गरिरहेको नेपाली काँग्रेसका पार्टी सभापति प्रदीप देउबाले बताए ।

२०६४ सालमा उमेदबार वीर ब बलायर डोटीको क्षेत्र नं १ वाट एमाले संग पराजित भएका थिए भने २०७० सालमा सोही क्षेत्रवाट एमालेलाइ नै पराजित गरि सभासदमा जित हासिल गरेका थिए । अहिले बलायर नेपाल सरकारका भौतिक तथा यातायात मन्त्री हुन । वीर ब बलायर निबर्तमान सांसद प्रेम ब आलेमगर सङग प्रतिस्पर्धामा छन् ।

आले मगरले २०७० सालमा डोटी क्षेत्र नं २ वाट काँग्रेसलाई पराजित गरेका थिए । विद्यार्थी जीवन देखि नै राजनिती सुरु गरेका बलायर प्रखर बक्ता र स्पस्ट छवि भयका , जनतामा लोकपृय ब्यक्तिका रुपमा चिनिन्छ्न । त्यसैले काँग्रेसले जित्ने उनका कार्यकर्ता वताउछन ।

डोटीमा स्थानीय चुनाबमा नेकपा एमाले र माअोवादी केन्द्रको हिसाब गर्दा वहुमत देखिन्छ । तर स्थानिय चुनावको खासै असर नहुने काँग्रेसको मुल्यांकन रहेको छ । चुनावि कार्यक्रममा विभिन्न सांगितिक कार्यक्रममाका माध्यमका वाट समेत भोट माग्न थालिएको छ ।

नेपाली काँग्रेस संगै हामिले विगतमा देश र जिल्लाका लागि गरेको योगदान र अहिले काँग्रेसले लिएको नितिका आधारमा आफुले चुनाव जित्ने उमेदवार बलायरले वताए । काँग्रेसको नेतृत्वमा शान्ति र सम्बिधान बनेको र अब कर्यन्वयन, समृद्धि र बिकास नेपाली काँग्रेसको अहिलेको राष्ट्रिय एजेण्डा रहेको उल्लेख गर्दै वलायरले जिल्लामा पनि बिकास निर्माण देखि हरेक क्रियाकलापमा नेपाली काँग्रेस जनताका साथमा रहेकाले यो चुनामा डोटीका तीन वटै तह जित्ने वताए ।