ढाडे बिरोलो गितमा नृत्य गरेर चर्चित गायिका ज्योति मगरको अर्को नयाँ भिडियो गित सार्वजनिक भएको छ। विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको एल्बम ‘छोटो साडीमा’ क यो गितको बोलनै ‘छोटो साडीमा’ रहेको छ। यो गितको स्वर, शब्द, संगीत अनि नृत्य सबै ज्योति मगरकै रहेको छ।

सुरुमा लोकगायिकाको पहिचान बनाएकी भएपनि ज्योति मगर आजकाल ग्ल्यामरको लागि चिनिएकी छिन्। उनको यो गितमा नाम अनुसार नै छोटो सारीमा नाचेकी छिन्।

ढाडे बिरोलो गितको भिडियो सार्वजनिक हुँदा निकै विवादपश्चात ज्योतिको चर्चा निकै चुलिएको थियो। हेर्नुहोस ज्योतिको यो नयाँ भिडियो,