२६ कात्तिक, जाजरकोट । त्रिवेणी नलगाड नगरपालिका वडा नं ७ मा ढुंगाले लागेर आज बिहान १० वर्षीया प्रतीक्षा शर्माको मृत्यु भएको छ ।

घाँस लिन स्थानीय जंगलमा गएका बेला माथिबाट आएको ढुंगाले लागेर घाइते भएकी शर्माको दल्लीस्थित स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।