११ मंसिर, जाजरकोट  । त्रिवेणी नलगाड नगरपालिका–५ गेडेनीमा ढुङ्गा लागेर आज एक जनाको मृत्यु भएको छ ।

वारेकोट गाउँपालिका–४ मैनाका ४५ वर्षीय पूर्ववडाध्यक्ष मानबहादुर बस्नेतका घरबाट सदरमुकाम जाँदै गर्दा नलसिंहगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माणका लागि काम भइरहेको स्थानमा माथिबाट आएको ढुंगा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । रासस