कुशल श्रेष्ठ

विहान उठ्दा पनि आलश्य हुन्छ, ओछ्यानबाट बाहिर निस्किन पनि हम्य पर्छ। खान पनि मन लाग्दैन, जति बेला पनि थकाई लागेको जस्तो हुन्छ। आफु भने थकाई लाग्ने खालको केहि काम पनि गरेको छैन, तैपनि पुरै शरीर गलेर हिँड्न नि गाह्रो हुन्छ। कतै तपाईँलाई यस्तो समस्याले त सताएको छैन?

छ भने, किन आयो यस्तो समस्या, जान्नुहोस्ः

१. डिप्रेसन

तपाईँले थाहै नपाई तपाईँलाई डिप्रेसन भएको हुन सक्छ। मनोवैज्ञानिकहरू भन्छन्- डिप्रेसनले व्यक्तिलाई बिस्तारै असर गर्दै जान्छ, उसलाई थाहा पनि हुँदैन कि निराश अनि नकारात्मक कुरा सोँच्दा सोँच्दै त्यसले उसको जीवन पद्दतीमै असर गरिरहेको हुन्छ। डिप्रेसन भएपछि अधिकांशलाई निन्द्रा नलाग्ने समस्याले सताउन थाल्दछ भने कतिपयलाई धेरै निन्द्रा लाग्ने समस्या आउँदछ। जे भएनि, थकाई त लाग्ने नै हो।Depression

(निन्द्रा लगाउने औषधी खानै पर्छ र? नखाँदा के हुन्छ?)
२. निन्द्राको बेला स्वासप्रश्वास बन्द हुने

कतिपयलाई रातिको बेलामा डरलाग्दो समस्याले समात्न सक्छ- स्वासप्रश्वास बन्द भएर रातैभरी उठेर बस्नुपर्ने। यस्तो समस्यालाई ‘स्लिप एप्निया’ (Sleep Apnea) भनिन्छ। यसको कारण दिनैभरी थकाइ लाग्ने हुन्छ। स्लिप एप्नियाले रक्तचाप बढाउने, मधुमेह गराउने, डिप्रेसन ल्याउने र टाउको दुखाउने पनि गर्दछ।Sleep Apnea

(सुताईसम्बन्धी यी ५ कुराहरू सबै झूट हुन्)
३. विहानको खाजा नखाने बानी

विहानको ब्रेकफास्टले दिनभरीको लागि ऊर्जा पर्दान गर्दछ। साथै हाम्रो स्वास्थ्यको लागि पनि विहानको खाजा खानु आवश्यक हुन्छ। यसले दिनभरीको लागि स्मरण शक्ति बढाउने काम पनि गर्दछ भने मुड खराब पनि हुन दिँदैन। त्यसैले विहानको खाजा नखाने बानीले दिनैभरी थकान ल्याउँदछ। यसरी ब्रेकफास्ट नखाने बानीले गर्दा शरीरमा चाहिने पौष्टिक तत्वहरूको कमि हुन गई शरीरको कार्यशक्तिमा ह्रास हुँदै जान्छ।Time to eat breakfast dinner and lunch (2)

(खाना पाकेपछि मात्र नुन हाल्न चिकित्सकको आग्रह)
४. एक गिलास वाइन

दिनभरीको काम सिद्धियो अनि सुत्ने बेलामा अधिकांश प्रौढहरूले एक गिलास रक्सी अथवा वाइन पिउँछन्, यो सोँचेर कि आरामले सुत्न सकिन्छ भनेर। तर सत्य कुरा त के हो भन्दा, सुत्नुभन्दा अगाडि मद्यपान गर्नु निन्द्राको लागि एकदमै हानीकारक हुन जान्छ। यसले रातभरी निन्द्राबाट लगातार बिउँझाइरहन्छ, जुन हामीले थाहा पाउन सक्दैनौँ, किनकी हामीलाई रक्सीले मताइरहेको हुन्छ। तर यसको असर विहान ‘ह्याङ्गोभर’ भएर देखा पर्दछ र दिनैभरी पनि थकानले सताउँछ।Wine Before Bed

५. निर्जलीकरण

टन्न पानी पिउनुहोस्! चिकित्सकहरू भन्छन्- “हाम्रो शरीरमा हुने रगत र अन्य तरल पदार्थको पैदा गर्नको लागि पानी नै आवश्यक हुन्छ। शरीरमा पानीको मात्रा अलिकति पनि कमि हुन गएमा रगत जमेर बाक्लो हुँदै जान्छ। जसले गर्दा मुटुमा पर्ने दवाव पनि बढ्दै जान्छ अनि थकाइ, उच्च रक्तचाप, रिँगटा लाग्ने जस्ता समस्या आउन सक्छ।Dehydration

(के पानी पनि बासी हुन्छ?)
६. दिउँसो सुत्ने बानी

दिउँसो ३० मिनेटभन्दा बढि सुतेर उठ्दा झन् बढि थकाइ लागेको जस्तो महशुस हुन्छ। किनभने ३० मिनेटपछाडि हाम्रो मस्तिष्क गहिरो निन्द्रामा पर्न जान्छ र पछि उठ्दा आँखा लोसो हुने, विहान हो कि साँझ हो थाहा नपाउने हुन्छ। फेरि दिउँसो धेरै सुत्नाले राति राम्रोसँग निन्द्रा लाग्दैन। जसले गर्दा दिनैभरी थकानले सताउँछ।Taking a nap

(दिउँसो सुत्ने बानीले रक्तचाप नियन्त्रण)
७. धेरै क्याफिनको सेवन

कहिल्यै याद गर्नुभएको छ कि धेरै कफी पिउनाले झन् बढि थकाइ लाग्ने गर्छ नि? यस्तो किन हुन्छ भन्दा कफीले निर्जलीकरण गराउँदछ, जसले थकान ल्याउँदछ। हुन त, विहानको एक कप कफीले दिनैभरी प्रफुल्लता ल्याउँदछ। तथापी, सुत्नुभन्दा अगाडि अनि दिउँसोको ३ बजेपछाडि कफी पिउनाले शरीरमा थकानको मात्रा बढाउँदछ।Excessive Coffee

(चिया कफी पिउनु हुन्छ ? एक पटक पढ्नुस्)
यो पनि हेर्नुहोस्-
व्रत बस्नु शारीरिक तथा मानसिक स्वास्थ्यको लागि फाइदाजनक, जानौँ व्रत बस्नुका फाइदाहरू
यस्ता ६ सङ्केत देखियो भने तुरुन्तै व्यायाम गर्न रोक्नुहोस्
मिठो निन्द्राको लागि यस्तो खानेकुरा खानुस्
बेलाबेला हाम्रो आँखा किन फरफराउँछ? कसरी रोक्ने?