प्रत्येक सम्प्रदायले आत्मा र प्रेतात्माको अस्तित्वलाई नकारेको छैन । जब कुनै आत्मालाई मुक्ति मिल्दैन, ऊ लोक र परलोकबीच भौतारिरहेको हुन्छ । त्यसो त, शास्त्रमा भनिएको छ, आत्माहरु जीवित मान्छेभन्दा टाढै रहन्छन्, तर तपाईसँग भएका यस्ता केही चीज जसले तपाईको छेउछाउ तान्छ।

कपाल – भनिन्छ, साझ परेपछि महिलाले कपाललाई फिजाएर राख्न हुन्न भनिन्छ । खासगरी, औँसी र पूर्णिमाको छेउछाउमा यस्तो गर्नुहुँदैन भनिन्छ । त्यसैले, अहिले पनि भनिन्छ, कपाल फिजाएर हिड्नाले नकारात्मक शक्ति तपाईमा प्रभाव पर्ने प्रयास गर्छ ।

अत्तर – रातको समयमा गाढा सुगन्ध भएको अत्तर प्रयोग गर्नुहुँदैन । किनकि, सुगन्धप्रति नराकारात्मक शक्तिको गहिरो आकर्षण रहेको बताइन्छ ।

सम्झना – मरिसकेको व्यक्तिलाई जब तपाई बढी सम्झिरहुनु हुन्छ भने उसको आत्मा तपार्यको छेउछाउ आउँछ भनिन्छ । त्यसैले भन्ने गरिन्छ, यदि कुनै व्यक्तिको अत्येष्टिबाट फर्किरहेका बेला पछाडितिर फर्केर हेर्नु हुन्न ताकि उसलाई बिर्सियो भन्ने लागोस् ।

गम्भिर बिरामी – यदि कुनै व्यक्ति गम्भिर रुपले बिरामी छ भने ऊसँग आत्मा आकर्षित हुन्छ भनिन्छ । जब तपाई कमजोर बन्न थाल्नुहुन्छ, तपाईको वरपर नकारात्मक शक्तिहरु भौतारिन थाल्छन्, तर यदि तपाई भित्रैबाट स्वस्थ र बलियो हुनुहुन्छ भने नकारात्मक ऊर्जा तपाईमाथि हाबी हुन दिनुहुन्न । त्यसैले, सधैँ आत्मबल बनाई राख्नुपर्छ, ताकि नकारात्मक शक्तिको प्रभाव नपरोस् ।

फोहोर शरिर – नियमित सफाईमा ध्यान नदिँदा शरीर दुषित हुन्छ । यस्तो अवस्थामा नकारात्मक शक्ति आकर्षित हुन्छ भनिन्छ ।

दियो नबल्ने ठाउँ – जुन ठाउँमा नियमित धुप वा दियो देखिँदैन, त्यहाँ नकारात्मक शक्तिहरु आफ्नो अधिकार जमाएर बसेका हुन्छन् । त्यसैले घरको प्रत्येक कोठामा नियमित धुप बाल्नुहोस् ।