कुनै कुरामा आँखा चिम्लेर विश्वास गर्नु राम्रो होइन । कुनै सुनेका वा पढेका कुराले तपाईको मन छोयो भने तपाई विश्वास गर्न थाल्नुहुन्छ, तर त्यसलाई विज्ञानले नकार्छ । सुन्दै आउनुभएको तपाईको शरीरको बारेमा बताइएको ९० देखि ९५ प्रतिशतसम्म कुरा गलत हुन्छन् । यस्तै, पाँच चर्चित झुटा कुराका बारेमा बताउँदैछौ ।

पिसाब बेकारको हुन्छ – सबैलाई थाहा छ, हाम्रो शरीरको विषात्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्किन्छ, अर्थात् यो हाम्रो शरीरबाट निस्केको फोहोर हो, त्यसैले बेकारको हुन्छ भनिन्छ ।

सिकागोको ‘लोयोला’ विश्वविद्यालयमा भएको एक अनुसन्धानलाई मान्ने हो भने पिसाबमा ब्याक्टेरियाको लगभग ८५ प्रजाति हुन्छन्, यसमध्ये केहीलाई रोग निको पार्नका लागि प्रयोग गर्न सकिन्छ । यसमा रहेको ‘युरिनरी माइक्रोबायोटा’लाई संक्रमण सम्बन्धी समस्याको उपचारमा प्रयोग गर्न सकिन्छ ।

यो पढनुस: पिसाबको रङ्गले बताउँछ तपाईँलाई के भैरहेछ?

सेभ गर्दा रौँ मोटो हुन्छ – नियमित रुपले सेभिङ अर्थात् रौँ काट्ने गर्नाले मोटो र कालो हुन्छ भनिन्छ । तर, वास्तवमा यस्तो हुँदैन ।

रौँ नियमित बढिरहने हुन्छ र खानपान अनुसार मोटो र पातलो हुने हुन्छ । पर्याप्त पोषण नहुने भएकाले रौँ झर्ने र सेतो पनि हुन्छ ।

निन्द्रामा हिड्नु बानीले हृदय हुन्छ – निन्द्रामा हिड्नु खतरनाक मानिन्छ र यसले हृदय घातको समस्या उत्पन्न हुने पनि बताइन्छ । यद्यपी, यो एक समस्या हो र निन्द्रामा उठेर हिड्दा व्यक्तिलाई थाहा हुँदैन, मैले के गरिहेको छु । हिड्दा हुने खतरा बाहेक यसले अन्य कुनै उल्लेख्य समस्या निम्त्याउँदैन।

मस्तिष्कबाट निस्कन्छ शरीरको ताप – धेरैले टाउकोबाट शरिरको ताप निस्कने समेत विश्वास गर्छन्। जाडो मौसममा धेरैलाई टाउकोमा चिसो लाग्दैन भन्ने भान हुनेगरेको छ।  तर, शरीरको सबै भागको कोशिकाहरु एकै प्रकारका हुन्छन् । हाम्रो शरीरको सबै अंगमा जाडो वा गर्मीको महसुश बराबर हुन्छ । जाडोमा दिमागबाट शरीरको तापक्रम निस्कन्छ भन्ने गलत कुरा दिमागबाट निकाल्नुहोस् ।

जम्मा १० प्रतिशत दिमाग प्रयोग हुन्छ – सामान्यतया हामी आफ्नो दिमागको प्रयोग १० प्रतिशतभन्दा बढी गर्न नसिकने मान्यता छ । पृथ्वीमा रहेको प्राणीहरुमध्ये बढी २० प्रतिशत दिमाग डल्फिनले प्रयोग गर्छ । मानिसको सम्बन्धमा १ प्रतिशत पनि दिमागको प्रयोग भएको हुँदैन । अहिलेसम्मको सबैभन्दा बढी दिमाग ८-१३ प्रतिशत प्रयोग गर्ने आइन्स्टाइन हो भनिन्छ । तर यसमा पूर्ण सत्यता छैन। 10 percent mind

एक वयस्क मानिसको दिमागले शरिरको २० प्रतिशत उर्जा खपत गर्छ। त्यो २० प्रतिशत उर्जाले एक पटकमा दिमागको केही प्रतिशतमात्र न्युरोन सक्रिय पार्न सक्छ। जति न्युरोन एक पटकमा सक्रिय हुन्छ त्यति नै दिमागको कार्यक्षमता बढ्छ। अर्थात बढीभन्दा बढी न्युरोन सक्रिय गर्न दिमागले बढी भन्दा बढी उर्जा खपत गर्नुपर्ने हुन्छ। तर मानिसको दिमागको संरचना नै यसरी विकसित भएको छ कि यसले २० प्रतिशत भन्दा उल्लेख्य बढी उर्जा खपत गर्न सक्दैन। मानिस अनुसार दिमागको संरचना र न्युरोनको सङ्ख्या घटबढ हुने भएकाले केवल १० प्रतिशत दिमाग मात्र प्रयोग हुने देखिएको हो। तर यसले एक अहम प्रश्न उठाउँछ। १० प्रतिशत दिमाग मात्र उपयोग हुने भए ९० प्रतिशतले चाही काम गर्दैन? १० प्रतिशत दिमाग प्रयोग हुन्छ को अर्थ यो हो कि एक पटकमा दिमागको करिब १० प्रतिशत न्युरोन सक्रिय हुन्छ भने अर्को समयमा दिमागका अन्य १० प्रतिशत न्युरोन सक्रिय हुन्छ।

दाहिने र देब्रे, दिमागको दुवै पाटोलाई कसरी सक्रिय गर्ने? १० टिप्स…