उसिनेको अण्डा खाने गर्नु भएको छ ?

अण्डालाई उमाल्ने पनि तरिका हुन्छ। तपाईलाई अण्डा उमाल्न आउँदैन भने यो सामाग्री तपाईका लागि हो। विचार नपुर्याई अण्डा उमालेर खाँदा त्सयमा भएका पौष्टिकता समाप्त हुन सक्छन्।

 

अमेरिकी लेखक तथा सेफ जे केन्जी लोपेज एल्टले चर्चित किताब ‘द फुड ल्याब’मा अण्डालाई उमाल्ने तरिकाबारेमा सविस्तार बताएका छन्।boiling egg in pan

 

उनले किताबमा अण्डालाई उसिन्नु अगाडी र उसिनिसकेपछी चिसो पानीमा डुबाउन वा धुन नहुने बताएका छन्।यसो गर्दा अण्डा उसिनीसकेपछि हल्का हरियो रंगको देखिन्छ।

 

लोपेजका अनुसार अण्डालाई हल्का आगोमा उमाल्नु पर्छ। करिब ३० सेकेण्ड तताएको मनतातो पानीले अण्डालाई धुन सकिन्छ। अण्डा उसिनिसकेपछि चाँडो खाने हतारोमा चिसो पानीमा डुबाउने र पखाल्नु हुँदैन् ।

 

अण्डलाई ८८ डिग्री सेल्सियसमा ११ मिनेटमा सम्म उमाल्दा उत्तम हुने र पौष्टिकता कायम रहने किताबमा लोपेजले किताबमा लेखेका छन् ।