भगवान शिवका ५ पुत्र संगै ५ पुत्री पनि थिए। यो कथा सायद धेरैलाई थाहा छैन।

एक समयको कुरा हो, महादेव शिव देवी पार्वतीसँग एक पोखरीमा जल क्रिडा गरिरहेका थिए । त्यस समय संयोगवश महादेवको वीर्यस्खलन भयो । महादेवले वीर्यलाई एक ठूलो पातमा राखे । महादेवको कृपाले ती वीर्यबाट पाँच कन्याहरुको जन्म भयो । तर, ती कन्याहरुले मनुष्य रुप नभएर सर्पको रुपमा जन्म लिएका थिए ।

पार्वतीलाई यो रहस्यको जानकारी थिएन । तर, महादेव भने सबै जान्दथे । त्यसैले पुत्री मोहका कारण महादेव हरेक दिन त्यो पोखरीमा पाँच नाग कन्याहरुसँग खेल्न जान थाले ।

देवी पार्वतीलाई शंका हुन थाल्यो, ‘हरेक दिन महादेव कहाँ जान्छन् ?’ त्यसैले एक दिन शिवको पछि लाग्दै देवी पार्वती पोखरी पुगिन् । पोखरीमा नाग कन्याहरुसँग खेलिरहेको देखेर देवी पार्वती क्रोधित भइन् ।

नाग कन्याहरुलाई मार्न पार्वतीले आफ्नो खुट्टा उचालिन्, तर महादेवले भने ‘यिनीहरु तिम्री पुत्रीहरु हुन् ।’ पार्वतीले आश्चार्यको नजरले महादेवलाई हेरिन्, त्यसपछि महादेवले नाग कन्याहरुको कथा बेली बिस्तार लगाएर सुनाए ।

महादेवले ती कन्याहरुको नाम जया, विषहर, शामिलबारी, देव र दोतलि बताए । महादेवले साउन महिनामा यी कन्याहरुको पूजा गर्नाले नडस्ने पनि बताए ।

यो पढ्नुस्।

भगवान शिवका ३ होइन ५ पुत्र थिए