२२ फागुन, एजेन्सी ।

स्मार्ट घडी र गूगल ग्लासपछि विश्वमा वेरेबल ( शरीरको कुनै अंगमा लगाएर हिड्न मिल्ने) प्रविधिप्रति रुचि बढ्दो छ । घडी र चश्मापछि अब नयाँ–नयाँ प्रडक्ट बजारमा उत्रिदै छन्। यसैक्रममा एक नयाँ प्रविधि ‘स्मार्ट कण्डम’ बजारमा आउने तयारीमा छ। 

तपाईले नसोचेका जवाफ यस स्मार्ट कण्डमले दिने कम्पनीले दावी  गरेको छ । ब्रिटेनको एक अनलाइन बजारमा यसको बिक्री गर्न रजिस्ट्रशेन सुरु गरिसकिएको छ । सन् २०१६ मै कम्पनीले यसलाई बजारमा उतार्ने दावी गरेका थियो जुन सफल हुनसकेको थिएन ।

यो स्मार्ट कण्डमले प्रयोगकर्तालाई सेक्स कति लामो समय, कति पटक र कतिपछि सेक्स गरेको बताउन सक्ने दावी कम्पनीले गरेको छ । यद्यपी, यसको नाम स्मार्ट कण्डम राखिएपनि यो परिवार नियोजनको साधन भने होइन  अर्थात यसले गर्भ रहनबाट बचाउँदैन र यौन रोगको पनि रोकथाम गर्दैन । स्मार्ट कण्डम एक रिंग हो, जुन कण्डम झै ‘फिट’ हुन्छ ।

कम्पनीको दावीअनुसार, यो कण्डम पटक पटक प्रयोग गर्न सकिन्छ। यसमा प्रयोग भएको ‘न्यानो चिप’ र सेन्सरले सेक्सकोबारेका जानकारी संकलन गर्छ। एक पटक सेक्स भएपछि ब्लुटुथ मार्फत मोबाइल एपको माध्यमबाट यसमा भएको जानकारी मोबाइलमा डाउनलोड गर्न सकिने छ । जानकारी डाउनलोड भएपछि कण्डममा भएको डाटा आफैँ डिलिट हुन्छ र यो फेरि प्रयोगका लागि तयार हुन्छ ।

प्रयोगअघि यो चार्ज गर्नुपर्छ । यो यूएसबी पोर्टको माध्यमबाट सजिलै चार्ज हुन्छ । यसले यौन आनन्दलाई नबढाउँने र कुनै प्रकारको सुरक्षा नदिने भएकोले स्मार्ट कण्डमको सेक्सबारे दिन जानकारी बाहेक यसको अरु उपयोगिता नभएको आलोचकहरुको तर्क छ ।

यसलाई एक घन्टा चार्ज गरेपछि ७ देखि ८ घन्टासम्म प्रयोग गर्न सकिन्छ । एक बर्षे वारेन्टी दिइने स्मार्ट कण्डमको मूल्य ६० पाउन्ड बताइएको छ ।