भ्यालेन्टाइन सुरु भइसकेको छ । यतिबेला कैयौ जोडिहरु आफ्नो पार्टनरसंगै व्यस्त छन्, भने सिंगल हुनेहरु पार्टनरको खोजीमा छन् । यदि पार्टनर नपाएर तनावमा हुनुहुन्छ भने अब चिन्ता नलिनुस् । केही यस्ता एप्स छन् जसको मद्दतले तपाइको भ्यालेन्टाइन पार्टनर खोजीदिन सक्छ ।

१. ओके क्युपिड (okcupid) – यो एपको सहायताले आफुसंग जोडि मिल्ने व्यक्तिको प्रोफाईल देख्न सकिनेछ । व्यक्तिको प्रोफाईलबाटै तपाइ आफुलाई मनपर्ने व्यक्ति रोज्न सक्नुहुनेछ । यस एपमा आफ्नो प्रोफाईल तपाईले आफ्नो सम्पुर्ण विवरण भर्नुपर्नेहुन्छ । एपको फ्रि योजना अन्तरगत थोरै व्यक्तिसँग च्याट गर्न सकिनेछ । ग्रुप च्याटको लागी भने मोवाईल डाटा प्रयोग गर्नुपर्ने हुन्छ ।

२ टीन्डर (Tinder) – यो संसारकै सबैभन्दा चर्चित डेटिङ एप मध्यकै एक हो । टिंडरमा अनलाईन रहेको व्यक्तिको प्रोफाइल जाचेर लाईक या डिसलाइक गर्नसक्नुहुनेछ । यदि लाईक गरेवापत उताबाट पनि लाइक आयो भने तपाइले एक आपसमा कुरा गर्न सक्नुहुनेछ ।

३. वु(Woo) –  यस एपको सहायताले तपाइ आफ्नो जोडि खोज्न सक्नुहुनेछ । यसवाट अन्य प्रयोगकर्ताको प्रोफाईल चेक गरि मनपर्ने पार्टनर रोज्न सकिनेछ । यसबाहेक प्रयोगकर्ताले मन परे नपरेकोबारे आफनो विचार व्यक्त गर्न सक्नेछन्, यसका लागी केहि समय पर्खिनुपर्ने हुन्छ । या नयाँ साथीलाई केहि समय दिनुपर्ने हुन्छ । यसबाट दुवैले प्रश्नोत्तर गरेर उपयुक्त पार्टनर रोज्न सकिनेछ ।

४. ट्रुली म्याड्ली (Truely Madly) -यो पनि एक डेटिङ एप हो । यसले आफ्नो पावरफुल फिल्टर्सको सहायताले मन मिल्ने साथी खोज्नमा सहयोग गर्दछ । यदि प्रयोगकर्ताको प्रोफाईल फेसवुकसंग जोडिएको छ भने मात्र मिल्ने साथी पाउन सकिनेछ । त्यसैले यो एप एकदमै सुरक्षित समेत छ ।

५. बम्वल ( Bumble) –यसमा महिलाले नै आफ्नो मिल्ने जोडिको लागी पहल गर्न सक्छिन् । प्रयोगकर्ताले समान जोडिसंग २४ घण्टाको फरकमा म्यासेज गर्नुपर्ने हुन्छ ।यसरि तपाईलाई हरेक दिन नयाँ व्यक्तिसंग नयाँ सम्बन्ध बनाउने मौका मिल्छ ।

६. हट या नट (Hot  or not )
यो एकप्रकारको खेल जस्तै हो । यसबाट आफ्नो वरपर रहेका आकर्षक व्यक्तिलाई खोज्न सक्नुहुनेछ । यसमा फेसवुकको फोटो प्रयोग गरिनुपर्ने हुन्छ । यो एपले तपाईको नम्बर माग्नेछ र आफ्नो वरिपरि रहेका प्रयोगकर्तालाई म्यासेग गर्ने अनुमती दिनेछ । यसमा प्रयोगकर्ताको भेरिफाई गरिएको हुन्छ । जसबाट तपाइले आफ्नो भ्यालेनटाइनको लागी आकर्षक पार्टनर खोज्न सक्नुहुनेछ ।

७. हिच( Hitch ) – यसमा आफ्नो वरिपरि रहेका व्यक्ति या सामाजिक घेरा भित्र रहेका पार्टनरलाई खोज्न सकिनेछ । यस एपको सहायताले नयाँ व्यक्तिसंग कुरा गरि भेट्न पनि सकिनेछ । व्यक्तिसंग कुरा गरिसकेपछि आफ्नो प्रोफाईललाई केहि समयको लागी प्राईभेट मुडमा राख्न या लुकाउन सकिनेछ ।