२६ पुस, काठमाडौं । साँगाचोक कार्कीटारका किसान लक्ष्मीप्रसाद तिमिल्सिनाले उत्पादन गरेको तरकारी आफैं बजार लैजाँदा व्यवसायीले लिनै मानेनन् । तर, दोस्रो व्यक्तिमार्फत् पठाएपछि भने त्यही सामाग्री बिक्री भयो । tarkari

“बेर्ना उमार्नेदेखि उत्पादन टिप्ने बेलासम्म दुःख ग¥यो, पसिनाको मूल्य पनि पाइँदैन,” तिमिल्सिनाले दुखेसो पोखे, ‘बीचमा अरुले नै लैजाँदा मात्रै बजारका व्यवसायीले सामाग्री लिने गर्छन् ।”

किसानले सिधै व्यवसायीसम्म पुगेर फलफूल, तरकारी बिक्री गर्न नपाएको उनले गुनासो पोखे । किसानसँग सामाग्री लिँदा व्यवसायीलाई बढी फाईदा भए पनि उनीहरूले लिन नमान्ने गरेको उनले बताए ।

किसानसँग गाउँमै पुगेर बिचौलिया ९मध्यस्थकर्ता०ले कृषि उपज लिने गरेका छन् । किसानसँग लिन नमान्ने त्यही सामग्री बिचौलियासँग भने महँगोमा पनि व्यवसायीले सहजै स्वीकार्ने गरेका छन् । कार्कीटारमा उत्पादित सामग्रीको प्रमुख बजार सदरमुकाम चौतारा हो ।

जिल्लाका सुकुटे, खाडीचौर, बाह्रविसे, लामोसाँघु र दोलालघाटमा पनि कार्कीटारका किसानले उत्पादन गरेको तरकारी बिक्री हुन्छ । “हामीले ५० रुपैयाँमा बेचेको काउलीलाई उपभोक्ताले १ सय ३० रुपैयाँसम्म तिर्छन्,” अर्का किसान वीरबहादुर पौडेल भन्छन्, “यस्तो हुँदा सबैभन्दा बढी मार उपभोक्तालाई नै पर्छ ।”

उनले बिचौलियाको अन्त्य नभएसम्म यसबाट छुटकारा पाउन मुस्किल भएको बताए ।“बिचौलिया र व्यवसायीबीचको सहमतिमा यस्तो हुने गरेको छ,” अगुवा कृषक तथा कार्कीटारमा रहेको कालीदेवी तरकारी कृषक समूहका अध्यक्ष झम्क महत भन्छन्, “हामीले सस्तोमा दिँदा पनि व्यवसायीले हाम्रा सामग्री लिनै मान्दैनन् ।”

उनका अनुसार किसानले बेचेको भाउभन्दा १ सय २० प्रतिशत बढीमा खुद्रा मूल्य लिने गरिएको पाइन्छ । उनले किसानको पसिनामा बिचौलियाको कमाउने माध्यम भएको आरोप लगाए । आजको कारोवार दैनिकमा खबर छापिएको छ ।