१३ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले गाउँगाउँमा सरकारले त्रास फैलाइरहेको भन्दै यस्ता गतिविधि तत्काल बन्द गर्न माग गरेको छ ।

निर्वाचनको नाममा पश्चिम र पूर्वी मधेश थरुहटका जिल्लाहरुमा सेना, गाउँ गाउँमा सशस्त्र र जनपद प्रहरीको ब्यारेक खडा गरेर जनताप्रति आतंक फैलाइएको भन्दै राजपाले यस्तो माग गरेको हो ।

चुनावको अघिल्लो दिन राजपा अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘शान्तिपूर्ण अभिव्यक्ति र विरोध लोकतन्त्रको आधारभूत तत्व हो । लोक अभिव्यक्तिको शान्तिपूर्ण बाटो बन्द गर्नु द्वन्द्व चर्काउँदै अराजकताको बाटो खोल्नु हो ।

अन्तर्राष्ट्रिय समुदायबाट मानवअधिकारको विश्वव्यापी घोषणा, राष्ट्रिय अन्तराष्ट्रिय मापदण्डको पालनाको निरन्तर अपिलको बाबजुद गाउँगाउँमा राज्यद्वारा फैलाइएको आतंकको राजपा नेपाल घोर विरोध गर्दछ ।’