खानामा नुनको मात्रा धेरै भयो भने शरीरमा नकारात्मक असर पर्न जान्छ । तर यदि समुद्री नुन तथा यतिकै नुनलाई हरेक दिन विहान एक

गिलास पानीमा मिसाएर पिउनाले कैयौ रोग लाग्नबाट बच्न सकिन्छ । त्यसैले तातोपानीमा नुन मिसाएर पिउनुका यस्ता १० फाइदा पाउन सकिन्छ।

१.पाचन प्रक्रियामा सुधार यसले मुखमा भएका सेलीवरी ग्ल्यान्डलाई सक्रिय गराई पाचनप्रक्रियामा सुधार ल्याउछ ।

२. मोटोपन नियन्त्रण नुनमा घुलनशिल क्षमता बढि हुन्छ । यसकारण नुनपानीले शरिरलाई डिटोक्स गर्नुका साथै मोटोपना कम गर्दछ ।

३. यस किसिमको घोलनशिलमा प्रशस्त क्याल्सियम पाइने हुदा हड्डीलाई मजबुत बनाउछ । नियमित रुपमा नुनपानी पिउनाले हड्डि मजबुत हुन्छ ।

४. यसबाट प्रयाप्त मात्रामा सल्फर र क्रोमियम पाइन्छ । जसले छालालाई स्वस्थ र नरम बनाउछ ।

५. नुन पानीले ठुलो आन्द्रालाई सक्रिय गर्ने हुदा कव्जियत तथा पेटसम्बन्धि सम्पुर्ण रोग लाग्नबाट बचाउछ ।

६. यसले शरीरमा भएका स्ट्रेस हर्मोनको लेभल कम हुदै जान्छ । यसबाट राम्रो निद्रा लाग्छ ।

७. मुख तथा घाटीमा भएका घाउ खटिरा निको हुन्छ ।

८. यसमा एन्टि ब्याक्टेरियल तत्व हुन्छ । जसकोे कारण खतरनाक व्याक्टेरियाले शरिरमा आक्रमण गर्न सक्दैन ।

९. नुनपानीे पिउदा पेटमा ग्यास जम्न पाउदैन । यसले ग्याष्ट्रिक रोकथाम गर्नमा सहयोग पुर्याउछ ।

१०. यसबाट मांशपेशीलाई फाइदा पुग्ने तत्व पाइन्छ । जसको कारण मांशपेशी दुख्ने समस्या कम हुन्छ ।