२६ भदौ, रुपन्देही ।

रुपन्देहीको तिलोत्तमा नगरपालीका मेयर बासुदेव घिमीरेले स्थानीय स्तरमा योजना बनाउने र विकास निमार्णका काममा अन्य दलहरुलाई बाईपास गरेर कामहरु गरेको भन्दै ११ दलले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

ठुलो दलबल सहित ११ पार्टिका नेता कार्यकर्ता तिलोत्तमा नगरपालीकामा पुगि १० शुत्रीय ध्यानाकर्षण पत्र बुझाउदै नगरपालीकाले आउँदा दिनमा विकास निमार्णका योजना तथा कार्यक्रमहरु एकलौटि ढंगले लैजाने प्रयास गरेमा नगरपालीकामा तालबन्दी गर्ने समेत चेतावनी दिएका छन् ।

उनिहरुले बुझाएको ध्यानकर्षण पत्रमा राजनीतिक दललाई वेवास्ता गरि एकलौटि ढंगले बजेट तर्जुमा गरेको, विभिन्न समिति उपसमिति गठन गर्दा मनपरि ढंगले व्यक्तिहरु चयन गरेको, नगरसभामा सम्बन्धित क्षेत्रका राजनैतिक दल र सांसदलाई समेत नबोलाएको उनीहरुको भनाई छ ।

त्यस्तै एमाले बाहेकका दल र अन्य संघ संस्थालाई समेत वेवास्ता गरेको, उपभोक्ता समिति गठन गर्दा एमालेकरण गरेको कुरा ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

नगरपालीका पुगेको टोलिले प्रस्तावित मेडिकल कलेज स्थापना गर्ने ठाँउमा सर्वदलिय सहमतिद्धारा २ सय बिघा जग्गा छुट्टाइएको र अरुदललाई त्यसबारे जानकारी नभएकोले नगरप्रमुखले भुमाफियालाई जग्गा उपलब्ध गराउन खोजेको त होइन भनि उनिहरुले आशंका गरेका छन् ।

तिलोत्तमा नगरपालीका संचालित गौशाला संरक्षणमा पनि ध्यान नदिएको उनिहरुको भनाई छ । नगरपालीका कुनै एक दलको निरंकुश तानासाही शैली सहेर नबस्ने र विकास निमार्णमा सबैको सहभागिता हुनुपर्ने उनिहरुको भनाई छ ।

डेलिगेशनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द,्र राप्रपा, राष्ट्रिय जनमुक्ति पार्टि, नेकपा माले, जनमोर्चा नेपाल, संघिय समाजवादी फोरम, राष्ट्रिय जनमोर्चा, माओवादी विप्लप समुह, नेकपा मार्कसवादी, नयाँ शक्तिका नेता तथा कार्यकर्ताको उपस्थिती थियो ।

यस सम्बन्धमा तिलोत्तमा नगरपालीकाका प्रमुख बासुदेव घिमिरेले केही कमी कमजोरी भएको भन्दै आगामी दिनमा सबैको भावनालाइ समेटेर अगाडि बढ्ने बताएका छन् ।