दक्षिण एसियामा निकै उपभोग गरिने बेसारका अनेकौ फाइदा छन्। त्यसै खाँदा तितो हुने बेसारले खानाका परिवारलाई स्वादिलो त बनाउँछ नै।  बेसारका फाइदा यतिमै सिमित छैन् ।

बेसारमा प्राकृतिक रुपमै एन्टी सेप्टिक र एन्टि ब्याक्टेरियल तत्वहरु हुन्छन्। जसले गर्दा यसलाई काटो घाउ, जलेको ठाउँ र घाउँमा लगाउन सकिन्छ।Do you know the health benefits of Turmeric Powder

चिसो लागेको छ भने पनि बेसारले औसधीको काम गर्छ। मनतातो दुधमा बेसार मिसाएर राति  पिउँदा यसले फाइदा गर्दछ।

जानकारहरुले बेसारले रगत सफा गर्न र  दुखाइ कम गर्ने औषधीको पनि काम गर्ने बताउँछन्। केही अध्ययनहरुले त बेसारले अलजाइमर जस्ता रोगबाट बचाउने वा रोक्न सहयोग गर्ने बताएका छन्। यसै गरि बेसारले मेटाबोलिजम बढाउने समेत काम गर्दछ