२६ असार, पाल्पा ।

पाल्पाको माथागढी–३ स्थित तिनाउ नदीले जिप बगाउँदा ४ जना बेपत्ता भएका छन् । गएराति बिहेको भोज खाएर फर्कँदै गरेकाहरु सवार लु १ ज १२१७ नम्बरको जिप भारी वर्षासंगै नदीमा आएको बाढीले बगाएको हो ।

बेपत्ता हुनेमा तानसेन नगरपालिका–१ की २९ वर्षीया उषा श्रेष्ठ, माथागढी–१ का ४० वर्षीय तिलबिर गाहामगर, उहाँकी श्रीमति माया र ४० वर्षीय पदमबहादुर मगर रहेको प्रहरीले जनाएको छ ।

गएरातिदेखि लगातार वर्षा भइरहेको र नदीमा पानीको बहाब उच्च रहेकाले खोजिकार्यमा कठिनाई भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।