१० भदौ, काठमाडौं ।
नेपाली पासपोर्टमा आफ्नो फोटो टाँसेर विदेश जान लागेका तिब्बती शरणार्थी पक्राउ परेका छन् ।

किर्ते कागजपत्र बनाइ मंगोलिया जान लागेका थुप्तेन रिक्चोकलाई अध्यागमन कार्यालयले शुक्रबार पक्राउ गरेको हो ।

उनले ६० हजार रुपैयाँमा नेपाली पासपोर्ट खरिद गरेका थिए । थुप्चेन खाचोक गुरुङको पासपोर्ट किनेर त्यसामा आफ्नो फोटो टाँसेर विदेश जान लागेका थिए

MRP nepali

नेपालमा पासपोर्ट खरिदबिक्री हुन्छ भन्ने थाहा पाएपछि उनले बौद्धमा सार्थीमार्फत पासपोर्ट किनेको बयान दिएका छन् । आफू खोटाङबासी भएको र यो आफ्नै पासपोर्ट भएको बताएका उनीमाथि अनुसन्धान गर्नेक्रममा थुप्तेन तिब्बती शरणार्थी भएको खुलेको थियो । नयाँ पत्रिकामा खबर छ ।