४ असोज, काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ ।

एमालेका प्रमुख पदका उम्मेदवारले ३ हजार ४ सय ८१ मत प्राप्त गर्दा माओवादी केन्द्रका उम्मेदवारले ३ हजार ६ मतसहित उनलाई पछ्याइरहेका छन् । त्यसैगरी काँग्रेसका उम्मेदवारले २ हजार ५ सय ६८ मत प्राप्त गरेका छन् ।

बाराकै कलैया उपमहानगरपालिकामा त्रिपक्षीय प्रतिष्पर्धा देखिएको छ । संघीय समाजवादी फोरमका उम्मेदवार ७ सय ५ मतसहित अगाडि छन् भने उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवारले ५ सय ७२ र काँग्रेसका उम्मेदवारले ४ सय १ मत प्राप्त गरेका छन् ।

जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टीले अग्रता अझै तेब्बरले बढाएको छ । राजपाका प्रमुख पदकाउम्मेदवारले ३ हजार १ सय ३१ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका काँग्रेस उम्मेदवारले १ हजार ३ सय १४ मत मात्रै ल्याएका छन् ।