२५ पुस, काठमाडौं ।

नेपालकै रुपन्देही जिल्लाकी चर्चित डान्सर तेरिया फौजा मगर भारतीय टेलिभिजन शो ‘झलक दिखला जा’को उपाधि नजिक पुगेकी छन् । teriya

‘डान्स इन्डिया डान्स, लिटिल्स मास्टर्स २०१४’ को उपाधि जितेर वाहवाही कमाएकी तेरिया फेरि भारतकै कलर्स टेलिभिजनले देखाइरहेको ‘झलक दिखला जा’ को उपाधि नजिक पुगेकी हुन् । ‘डान्स इन्डिया डान्स’ मा तेरियाले ४० हजार प्रतिष्पर्धीलाई उछिन्दै उपाधि विजेता बनेकी थिइन् भने यसमा पनि उनी फाइनल राउण्डमा पुगेकी छन् ।

तेरियाले फाइनलमा ‘झलक दिखला जा’कै पूर्व विजेता सलमान युसुफ खान र हिपहप च्याम्पियनसिपका विजेता सनातनु महेश्वरीलाई उछिन्न् पर्नेछ । सलमानले त आफ्नो प्रतिद्वन्दी तेरियालाई नै मानेका छन् । उनले आफ्नो प्रतिष्पर्धा तेरियासंग मात्र हुने बताएका हुन् ।

उपाधि नतिजाका लागि जनवरी १४ देखि २१ सम्म भोटिङ खुल्ला हुँदैछ । तेरिया फाउण्डेशनका अध्यक्ष तथा तेरिया बुवा कृष्ण फौजा मगरले छोरीको भविश्यका लागि भोटिङ गरिदिन सबैसंग आग्रह गरेका छन् । भोटिङका लागि भारतमा हुनेले sms बाट ter पाइप गरी ५६८८२ पठाउन सक्नेछन् भने नेपाललगायत संसारका कुनै पनि ठाउँबाट अनलाइनमा www.colorstv/ jhflak मा गई भोट गर्न सक्ने छन् ।
यो उपाधि विजेताले ३० लाख नगद् र रोनाल्ट डस्टर ब्राण्डको कार उपहार पाउने व्यवस्था रहेको छ ।