१४ फागुन, काठमाडौँ ।

‘तक्मे बुढा’को नामले चिनिएका हाँस्य अभिनेता विल्सन विक्रम राईले बलिउडमा डेब्यु गर्दै छन् । यसअघि नाम गोप्य राखिएको फिल्मको नाम ‘बोरीवाली का ब्रूश ली’ बताइएको छ ।

यहि फिल्मबाट अभिनेत्री आयशा टाकियाले पनि बलिउडमा कमब्याक गर्दैछिन् । केही समयअघि आयशााले विल्सनसँगको एक तस्विर इन्स्टाग्राममा सार्वजनिक गरेकी थिइन । तस्विरमा विल्सनलाई एक चिनियाँ गुरुको लुकमा देख्न सकिन्छ । तस्विरसँगै आयशाले फिल्मको नाम छोटकरीमा उल्लेख गरेकी थिइन् ।

१५ दृश्यका लागि अनुबन्धित भएका विल्सन सबै दृश्यमा आयशासँग देखिने छन् । प्रत्येक दृश्यमा विल्सन ढाकाटोपीमा देखिने पनि बताइएको छ । विल्सन यस फिल्मका लागि सुटिङ सकाएर नेपाल फर्की सकेका छन् ।

यो पढ्नुस्।

आयशाको तस्बिरमा किन हंगामा ?